झापा । प्रहरीले दमक नगरपालिका १० बाट कटुवा पेस्तोल एक थान र सोही पेस्तोलमा प्रयोग हुने दुई थान गोली बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको गस्ती प्रहरी टोलीलाई देख्ना साथ दुईजनाले पेस्तोल र गोली छाडेर भागेका थिए । झोला छाडी फरार भएपछि खोजी गर्दा हतियार र गोली फेला परेको प्रहरीले जनाएको छ ।