झापाको दमकमा विदेशमा नपाएको सफलता कागज उद्योगमा प्रयोग गर्दै इन्दु

झापाको दमकमा विदेशमा नपाएको सफलता कागज उद्योगमा प्रयोग गर्दै इन्दु

टीकाराम उप्रेती

झापा फागनु ११ गते । कच्चा पदार्थ खोज्न कतै जानु पर्दैन । उत्पादन भएको कागज बिक्री गर्न समेत कुनै समस्या छैन । प्रतिस्पर्धा समेत कम भएकाले यो उद्योगमा लगानी गरेकोे हो । पाँचथर जिल्लाको कुम्याक गापा ५ का बर्ष ३० का इन्दु लिम्बूले के ब्यवसाय गर्ने भन्ने अध्ययन पछि कागज उद्योगमा सहज भविष्य देख्नुभयो ।

उहाँ अहिले झापाको दमक ५ मा पाथीभरा नेपाली कागज उद्योग दर्ता गरि पहाडे काँचो कागज उद्योग सञ्चालन सुरु गर्नु भएको छ । वरीपरी ठुला ठुला घरको बीचमा रहेको खाली जग्गा भाडामा लिएर उद्योग सञ्चालन गरेको बताउनुभयो ।
नेपाली कागज पहाडमा पाइने अर्गेलीको लोक्तालाई प्रशोधन गरेर यसको माडबाट बनाइने गरिन्छ । यसरी भट्टीमा पकाएको लोक्ताबाट निश्कने माडलाई जमाएर सानो कागजको आकारमा जाली लगाएर बनाइएको ट्रेमा हालेर सुकाइन्छ एक घण्टासम्म सुकाएपछि कागज तयार हुने गरेको लिम्बूले बताउनुभयो ।

एक सयम स्वदेशमा केही काम नपाएर लामो समय बिदेश बसे सामान्य कमाई भयो । त्यहाबाट फर्के आएपछि नेपालमा नै केही गर्ने सोचका साथ कागज उद्योग सुरु गरेको हो लिम्बूले भन्नुभयो । आफु नै काम नपाएर बिदेशीएको मान्छे बिदेशमा नेपालीले भोगेको दुःख देखेपछि देशमा नै केही गर्ने प्रेरणा जाग्यो । काम नपाएर लाखौ रुपैयाँ खर्चेर बिदेश गएको थिए । अहिले नेपालमा नै उद्योग खोले पछि स्थानीय पाँच जनालाई प्रत्यक्ष रोजगार दिन सफल भएको छु् ।

यहाँ उद्योग सञ्चालनका लागि आवश्यक पर्ने कागज पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र संखुवासभा जिल्लाबाट लोक्ता ल्याउने गरिएको छ । पहाडमा कम घाम लाग्ने र तयारी कागज समेत ढिलो सुक्ने भएकाले पहाडबाट कच्चा पदार्थ ल्याएर तराई उद्योग खोलिएको हो । यहाँ उद्योगलाई आवश्यक केमिकल समेत ढुवानी सहज हुने भएकाले तराइमा उद्योग सञ्चालमा सहज हुने उहाँको भनाइ छ । व्यवसायीले कागजको उद्योगको लागि आवश्यक अर्गेलीको लोक्ता उद्योगमा ल्याइदिने गरेका छन् । भने उत्पादन भएको कागज समेत उद्योगमा नै आएर लाने गरेका छन् ।
अहिले यही उद्योगबाट नै राम्रो आम्दानी भएको छ । उत्पादन जति गर्न सकेपनि बजारको माग थेग्न सकेको छैन । घरमा नै आएर कागज उठाउने गरिएको छ । गत साउनदेखि सुरु गरेको आफ्नो उद्योगमा दैनिक ७ सय पन्ना कागज उत्पादन हुदै आएको छ । ६ लाख रुपैयाँ लगानी गरेर सुरु गरिएको उद्योगलाई बिस्तारै बिस्तार गर्ने सोचमा रहेको उहाँको भनाइछ ।

उद्योगबाट उत्पादन भएको कागजबाट बाटेका धुप समेत बनाउन थालेको बताउनुभयो । धुप बनाउन दैनिक ४ देखि ५ जना कामदार रहेको उहाँले जानकारी दिनुभयो । उद्योगमा बिग्रेको कागजलाई बाटेको धुप बनाउने गरेको छ्ु । हिमालमा पाइने धुपीलाई कागज भित्र हालेर बेरिन्छ र सुकाइन्छ । यसरी तयार गरिएको धुप खासगरि हिन्दु तथा बौद्ध धर्मावलम्बीले प्रयोग गर्ने गरेको उद्योगी इन्द्र लिम्बुले जानकारी दिनुभयो । अब चाँडै कागज उत्पादन गर्ने नयाँँ मेशिन ल्याउदैछु । यसपछि भने हातेकागजलाई ए फोर साइजमा ब्राण्ड गरेर बजारमा फोटोकपी गर्ने कागज समेत उतपादन गर्ने योजना रहेको उहाले जानकारी दिनुभयो । एक समय काम नपाएर दलाल मार्फत बैदेशीक रोजगारमा दुःख गरेका लिम्बुलाई अहिले आफुले बेरोजगारलाई रोजगार दिन सफल भएकोमा दंग भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्