बिराटनगर, फाल्गुन १५ गते
मोरङको जहदाबाट गाँजा बिक्री बितरण गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
मोरङको जहदा गाउँपालिका-३ का ५० बर्षीय बाबुलाल सोरेनको घरमा गाँजा बिक्री बितरण भईरहेको भन्ने सूचना पाए लगत्तै बुधवार राती ११ बजे प्रहरी चौकी मझारेबाट खटिएको प्रहरी टोलीले सोरेनलाई घरबाट नै ५ सय ग्राम गाँजा सहित पक्राउ गरेको हो ।