ताप्लेजुङको मैवाखोला ट्याक्टरले किचेर एकजनाको मृत्यु

<span class='c1'>ताप्लेजुङको मैवाखोला ट्याक्टरले</span> <span class='c2'>किचेर एकजनाको मृत्यु</span>

ताप्लेजुङ, फाल्गुन १५ गते ।
ताप्लेजुङको मैवाखोला गाउँपालिका-३ मा ट्याक्टरले किच्दा सोही ट्याक्टरका सह-चालकको मृत्यु भएको छ । बुधवार साँझ साँढे ५ बजेको समयमा ताप्लेजुङको साँघु बजारबाट तालखर्क जाँदै गरेको को ३ त ९३ नम्बरको ट्याक्टर अचानक बाटोबाट चिल्लेर दुर्घटना हुँदा ट्याक्टरका सह-चालक मैवाखोला गाउँपालिका-१ का १८ बर्षीय खगेन्द्र नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

ट्याक्टर चालक मेरिङदेन-४ का २१ बर्षीय पासाङ तेन्जी शेर्पा घाईते भई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाईएको तथा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्