फ्रान्स पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा पक्राउ

<span class='c1'>फ्रान्स पठाइदिन्छु भनी रकम</span> <span class='c2'>ठगी गरेको अभियोगमा पक्राउ</span>

काठमाडौं, फागुन १६ गते । वैदेशिक रोजगारका लागि फ्रान्स पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा रुपन्देही दुधराक्ष घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–१९ बासुकिनाग मार्ग मनमैजु बस्ने ४३ वर्षीया पूर्णिमा श्रीषलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा प्याकिङ फुड कामको लागि आकर्षक तलव हुन्छ भनी प्रलोभनमा पारी श्रीषले विभिन्न मितिहरुमा ३ जनासँग नगद ३८ लाख ५० हजार रुपैयाँ लिई सम्पर्क विहीन भई फरार भएको सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनलाई तारकेश्वर नगरपालिका–१९ बासुकिनाग मार्ग मनमैजुबाट पक्राउ गरेको हो ।

श्रीषलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्