सरकारले कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कता अपनाउने निर्णय

<span class='c1'>सरकारले कोरोना भाइरसको संक्रमण रोक्न</span> <span class='c2'>उच्च सतर्कता अपनाउने निर्णय</span>

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।हिजो प्रधानमन्त्री केपी शर्मा ओली र केही मन्त्रीहरुबीच बालुवाटारमा भएको बैठकले सो निर्णय गरेको हो ।

कोराना भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा समेत देखिन थालेपछि सरकारले नेपालमा पनि उच्च सतर्कता अपनाउने निर्णय गरेको जनाइएको छ ।बैठकले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति निर्माण गरेको छ ।

उक्त समितिमा स्वास्थ्य, पर्यटन, गृह, शिक्षा लगायतका मन्त्रीहरु रहेका छन् ।बैठकमा प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक यात्रुको चेकजाँच गर्न, चेकजाँचका उपकरण र औषधीहरु पर्याप्त मात्रामा भण्डारण गर्न र त्यसका लागि चिकित्सहरुलाई समेत तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् ।

त्यस्तै बैठकमा संक्रमण फैलिएका देशबाट हुने उडान रोक्ने विषयमा समेत छलफल भएको जनाइएको छ । उक्त  समितिले यो विषयमा अध्ययन गरेर आवश्यक निर्णय गर्ने छ ।केही दिनअघि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा रहेको मुलुक भनेको थियो ।

यसअघि कोरोना भाइरसको संक्रमण एक नेपालीमा पनि भेटिएको थियो । तर उनी उपचारपछि स्वस्थ्य भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्