घर बाहिर पिसाब फेर्न निस्केका एक जनामाथि अज्ञात व्यक्तिद्वारा गोली प्रहार

<span class='c1'>घर बाहिर पिसाब फेर्न निस्केका एक</span> <span class='c2'>जनामाथि अज्ञात व्यक्तिद्वारा गोली प्रहार</span>

महोत्तरी । मनरासिस्वा नगरपालिका–३ सोनौलगाउँ बस्ने ६१ वर्षीय सहदेवप्रसाद यादवलाई अज्ञात व्यक्तिले आज विहान गोली हान्दा गम्भीर घाइते भएको छने ।

उनको जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचार भइरहेको  जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

विहान घर बाहिर पिसाब फेर्न निस्केका यादवमाथि गोली प्रहार भएको र गोली प्रहार गर्ने व्यक्तिको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घटना भएको जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकी नेतृत्वको  प्रहरी टोलीले घटनास्थल पुगी चाइनिज पेस्तोलमा लाग्ने दुई राउण्ड गोलीका खोका र एक राउण्ड गोली बरामद गरेको जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्