प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवकको पहिचान खुल्यो , को हुन् उनि ?

<span class='c1'>प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवकको पहिचान</span> <span class='c2'>खुल्यो , को हुन् उनि ?</span>

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवकको पहिचान खुलेको छ । उनी जुम्ला सिञ्जाको रतन तिरुवा रहेका प्रहरीले जनाएको छ ।

२०/२१ वर्षका उनी लोक सेवा आयोगको परीक्षा तयारीमा थिए । उनका बाबु मोहन तिरुवा सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका थिए ।

आइतबार राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको प्रथम स्मृतिसभामा संबोधन गरेर आफ्नो सिटमा फर्किने क्रममा तिरुवाले दर्शक दीर्घाबाट प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए । तर उनको जुत्ता मञ्चसम्म पुगेन र प्रचण्डलाई लाग्न पाएन ।

त्यसपछि प्रहरीले तत्कालै तिरुवालाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्