सुनसरीको इटहरीमा औषधीको नि:शुल्क होम डेलिभरी सेवा शुरु

<span class='c1'>सुनसरीको इटहरीमा औषधीको नि:शुल्क</span> <span class='c2'>होम डेलिभरी सेवा शुरु</span>

विराटनगर फाल्गुन १८
सौर्य अनलाइन फार्मेसीले सुनसरीको इटहरीमा औषधीको निशुल्क होम डेलिभरी शुरु गरेको छ । शहरको बढ्दो ब्यस्ततालाइ मध्यनजर गर्दै इटहरीबासीलाइ सजिलो बनाउन यो सेवा सुचारु गरीएको र यो सेवाचाडैँ नै पुर्वका अन्य शहरहरुमा पनि सुरु गरिने सौर्य ग्रुपका अध्यक्ष अतित गुरागाइले बताउनुभयो ।

सौर्य ग्रुप अन्र्तगत हाल सौर्य केमिकल उधोग र सौर्य अनलाइन फार्मेसी संचालनमा छन् ।
काममा ब्यस्त रहेर आफ्नो वा आफ्नो परिबारका सदस्यहरुले नियमितखाने उच्च रक्तचाप, मधुमेह, थाइराइड, नशा सम्बन्धि लगायतका सम्पुर्ण किसिमका औषधीहरु यस सेवा अन्र्तगत उपलब्ध हुनेछन । यो सेवा लिनका लागी ग्राहकहरुले सौर्य अनलाइन फार्मेसीको पेजमा औषधीको नाम, औषधीको फोटो वा डाक्टरको पुर्जीका साथमा ठेगाना र मात्रा म्यासेज गर्न सकिनेछ  । ९८०७३४२११४ नम्बरमा फोन, म्यासेज, भाइबर वा ह्वाटअप गरेर पनि औषधी अडर गर्न सकिनेछ । मनोदिपक औषधीको लागी भने डाक्टरको पुर्जी अनिबार्य छ । सौर्य अनलाइन फार्मेसीले औषधीको नि:शुल्क होम डेलिभरी, औषधीबिशेषज्ञद्धारा औषधी सम्बन्धि निशुल्क परामर्श सेवातथा सहुलियत दरमा होम भिजिट ल्याब सेबा, होम भिजिट ओ.पि.डी सेवा समेत प्रदानगर्नेछ ।

बिशेष गरी ब्यस्त रहने, बृद्धबृद्धा, अपाङ्गता भएका ब्यक्तिहरुलाइ लक्षित गरी यो सेवा सुरु गरिएको हो । बिदेशमा हुनेले पनि इटहरीमा हुने आफ्ना आफन्तहरुका लागी समेत यो सेवामार्फत औषधी अडर गर्न सक्नेछन् । निकट भबिष्यमा यस सौर्य अनलाइनफार्मेसीले नर्सिङ तथा बिशेषज्ञ सेवा समेत सुचारु गरी भर्चुवल अस्पताल संचालनगर्ने सौर्य ग्रुपका मार्केटिड्ड डाइरेक्टर सुरज आचार्यले बताउनुभयो ।

२१ औंशताब्दीमा नयाँ सोच र तरीकाबाट स्वास्थ्य सेवा संचालनमाल्याइएको र यसको भरपुर फाइदालिनसौर्य ग्रुपका सेल्स डाइरेक्टर आशिष दुलालले बताउनुभयो । “चाडैं नै सौर्य अनलाइनफार्मेसीले मोवाइल एप र वेवसाइटबाट समेत सेवा सुरु गर्नेछ ।” उहाँले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्