सुनसरीका एक बालिका कोशी किनारमा मृत अवस्थामा फेला

<span class='c1'>सुनसरीका एक बालिका कोशी</span> <span class='c2'>किनारमा मृत अवस्थामा फेला</span>

विराटनगर । सुनसरी बराहक्षेत्र(७ देबिघाट बस्ने नर बहादुर बर्देवाको छोरी १५ बर्षीया मौसम बर्देवा मृत अवस्थामा फेला परेकी छिन ।

हिजो घरबाट कोहि कसैलाई नसोधि हिडेकी मौसम सोमबार दिउँसो ३ बजे सुनसरी बराहक्षेत्र(६ ठाकुरबारीको कोशी किनारमा मृत अवस्थामा फेला परेकी हुन ।

घोप्टो परेको अवस्थामा मृत फेला परेकी बालिकालाई स्थानीय गोठालाले देखी ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ स्थानीय सहित घटनास्थलमा खटिएको प्रहरी टोलीले बालिकाको पहिचान गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्