काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना ९० वर्षीय बुबा मोहनप्रसाद ओलीको आशीर्वाद लिएर अस्पताल प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ ।
सरकारी निवास बालुवाटारबाट प्रधानमन्त्री ओलीले आफ्ना ९० वर्षीय बुबासँग आशीर्वाद लिएर अस्पताल प्रस्थान गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।
उनले फेसबुकमार्फत यस्तो जानकारी गराएका हुन् ।२०६४ सालमा भारतमा प्रधानमन्त्री ओलीको पहिलोपल्ट मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
तस्बिर : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुकबाट