कोरोना रोकथाम : विद्यालयमा सिटामोल, डिकोल्ड र साइनेक्सजस्ता औषधि राख्न सूचना

<span class='c1'>कोरोना रोकथाम : विद्यालयमा सिटामोल, डिकोल्ड</span> <span class='c2'>र साइनेक्सजस्ता औषधि राख्न सूचना</span>

काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घले विश्वव्यापी सङ्क्रमण भइरहेको कोरना भाइरसबाट बच्न अभिभावक, शिक्षक र विद्यार्थीलाई सार्वजनिक सूचना प्रवाह आरम्भ गरेको छ ।

उक्त भाइरसको सम्भावित जोखिमबाट घर र विद्यालयमा शिक्षक, बालबालिकालाई बच्न, बचाउन आव्हान गरेको हो ।

भाइरसबाट बच्न मानसिकरुपमा सन्त्रासमा नपर्न र प्रतीरक्षाप्रति विश्वास जगाउन, हात नमिलाउन र अङ्कमाल नगर्न, नियमित रुघाखोकीका लागि प्रयोग हुने सिटामोल र डिकोल्ड, साइनेक्सजस्ता औषधि  घर र विद्यालयमा राख्न आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले जारी गरेको विज्ञप्तिमा भिक्स, अदुवा र जीराको दाना घरमा राखेर परेको खण्डमा दैनिक सेवन गर्न तथा स्प्रिड, डिटोल र साबुनपानीले हात सफा गर्ने बानी बसाल्न पनि आग्रह गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्