आज चट्याङ,हावाहुरी र असिना पानीको सम्भावना

<span class='c1'>आज चट्याङ,हावाहुरी र</span> <span class='c2'>असिना पानीको सम्भावना</span>

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । शुक्रबार बिहान जारी गरेको मौसम बुलेटिनमा महाशाखाले आजको मौसमको पूर्वानुमानको बारेमा जानकारी गराएको हो । महाशाखाले हाल हाल देशको मध्य, पूर्वी  र पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको र बाँकी भागमा आंशिक बदली भएको जनाएको छ ।

यसैगरी, दिउँसो पश्चिमी भू–भागका केहि स्थानहरुमा साथै मध्य तथा पुर्वी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन,  चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।पूर्वानुमानले राति देशको पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने साथै मध्य तथा पूर्वी भू–भागमा आंशिक देखि सामान्य बदली रहि देशका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ।

यसैगरी, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्