प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार, नियमित काममा फर्कन एक महिना लाग्ने

<span class='c1'>प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार, नियमित</span> <span class='c2'>काममा फर्कन एक महिना लाग्ने</span>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार आइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

मिर्गौला प्रत्यारोपण गरिएको चौँथो दिनमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा राम्रो सुधार आइरहेको अस्पतालले जनाएको छ। उनको भाइटल र ल्याब सूचकांकहरु सामान्य अवस्थामा रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
ओलीलाई हिडडुल गराउनुका साथै फिजियोथेरापी गराइरहेको अस्पतालका कार्यकारी निर्देशक प्राड. प्रेम कृष्ण खड्गाले बताए। प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्यमा राम्रो सुधार आइरहेको अस्पतालले जनाएको छ। उनको पनि भाइटल तथा ल्याब सूचकांकहरु सामान्य अवस्थामा रहेका

छन्।

प्रधानमन्त्री ओलीको गत बुधवार मिर्गौला प्रत्यारोपण गरिएको थियो। अहिलेको स्थितिमा उनको स्वास्थ्यमा सुधार आए एक हप्ताभित्र डिस्चार्ज गरिने प्रधानमन्त्रीको निजी चिकित्सक मिर्गौला रोग विशेषज्ञ डा दिव्या सिंह शाहले बताइन्। उनका अनुसार नियमित काममा फर्कन प्रधानमन्त्री ओलीलाई करीब एक महिना लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्