नेपाली कांग्रेसका सांसदहरुले संसदका बैठक र विद्यालयहरु बन्द गर्न माग गरे

<span class='c1'>नेपाली कांग्रेसका सांसदहरुले संसदका बैठक र</span> <span class='c2'>विद्यालयहरु बन्द गर्न माग गरे</span>

काठमाडौं, फागुन २९ । नेपाली कांग्रेसका सांसदहरुले संसदका बैठक र विद्यालयहरु बन्द गर्न माग गरेका छन् ।प्रतिनिधि सभाको आज बसेको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदहरुले कोराना भाइरसलाई देखाउँदै संसद र विद्यालयहरु बन्द गर्न माग गरेका हुन् ।

प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद भीमसेनदास प्रधानले कोरोना भाइरस विश्वभर प्रकोपका रूपमा फैलिरहेकाले संसद बैठक रोक्न माग गरेका हुन् । उनले विद्यालयहरु पनि बन्द गराउन सरकारसँग माग गरे ।

संसद चलाइराख्नुको तूक छैन भन्दै सांसद प्रधानले स्कुल पनि बन्द गराउन माग गरे । उनले कोरोना भाइरस संक्रमण फैलियो भने नेपालले रोक्न सक्ने अवस्था नभएकोमा पनि ध्यानाकर्षण गराए ।

उच्च सतर्कता अपनाउन नसकेको भन्दै उनले सरकारको आलोचना पनि गरे । अर्का सांसद भरत शाहले पनि संसदलाई धेरै दिन नचलाउने हो कि भन्दै प्रश्न गरे ।

संसदमा बेल्ने विपक्षी दलका अरु सांसदले कोरोना भाइरस लाग्न नदिन सरकारले सतर्कता अपनाउन नसकेको भन्दै आलोचना गरे । उनीहरुले स्वास्थ्य मन्त्री भानुभक्त ढकालले जनताले आफै क्वारायन्टाइनमा बस्नुपर्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्