घरबहालमा ५० प्रतिशत कर छुट दिने व्यवस्था गर्न माग

<span class='c1'>घरबहालमा ५० प्रतिशत कर छुट</span> <span class='c2'>दिने व्यवस्था गर्न माग</span>

घरबहाल सरोकार महासंघ नेपालले सरोकारवाला पक्षसँग समन्वय गरी घरबहालमा ५० प्रतिशत कर छुट दिने व्यवस्था गर्न माग गरेको छ ।

शनिबार पत्रकार सम्मेलन गर्दै महासंघले कोरोना भाइरसका कारण पर्यटन व्यवसाय लगायतका अन्य व्यवसायहरु धरासायी बन्दै गरेको अवस्थामा तीनै तहका सरकार मातहतका निकायले सरोकारवाला पक्षसँग समन्वय गरी घरबहालमा छुट दिने व्यवस्था गर्न माग गरेको हो ।

व्यवसायीक करमा समेत सोही आधारमा नीतिगत व्यवस्था गरी विशेष छुटको व्यवस्था गर्न महासंघले माग गरेको छ ।

महासंघले कोरोना भाइरसका नाममा अत्यावश्यक सामानहरु लुकाएर कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेकाले अवस्थामा तत्काल प्रभावकारी अनुगमन गर्न माग गरेको छ । चीन र भारतका नाकाहरु बन्द भए आम दैनिक उपभोग्य वस्तुको संकट पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै आवश्यक वस्तुको भण्डारण गर्न र सहज आपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग माग गरिएको छ ।

महासंघले बहाल व्यवसायीलाई करको दायरामा ल्याउनु पर्ने, दर्ता गर्ने, प्रमाण दिने किटानी सहितको निकायगत संरचनाको अभाव रहेको जनाएको छ । बहाल लिनेदिनेको वास्तविक तथ्याङ्कको अभाव बहाल विवाद निरुपण आयोग, विभाग, बहाल इजलास र बहाल दिने लाई कर चुक्ताको दायरामा ल्याउने गरी बाध्यकारी अवस्था नदेखिएकोले सुधार गर्नुपर्ने माग महासंघले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्