खोटाङमा युवा संघ र तरुण दलका नेता तासको खालबाट संगै पक्राउ परे

<span class='c1'>खोटाङमा युवा संघ र तरुण दलका</span> <span class='c2'>नेता तासको खालबाट संगै पक्राउ परे</span>

प्रहरीले तासको खालबाट युवा संघ र तरुण दलका जिल्ला नेताहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा युवासंघ खोटाङका रसकुमार राई र तरुण दल खोटाङका कोषाध्यक्ष रुपेन्द्र राईलगायत ९ जना रहेका छन् ।

उनीहरुलाई बुधबार राती खोटाङको हलेसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) बामदेव गौतमले पुष्टि गरे ।

उनीहरुको साथबाट ७४ हजार ११० रुपैयाँ र तीन बुक तास बरामद भएको डीएसपी गौतमले बताए । उनीहरुलाई खोटाङको सदरमुकाम दिक्तेलको हिरासतमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्