इनरुवाबाट लकडाउनको अवज्ञा गर्दै ‘मर्निङवाक’ गर्ने ४० जना बढी पक्राउ परे

<span class='c1'>इनरुवाबाट लकडाउनको अवज्ञा गर्दै ‘मर्निङवाक’ गर्ने</span> <span class='c2'>४० जना बढी पक्राउ परे</span>

अमर काफ्ले

इनरुवा, १३ चैत ।लकडाउनको अवज्ञा गर्दै ‘मर्निङवाक’ गर्ने ४० जना बढी सुनसरीको इनरुवाबाट पक्राउ परेका छन् ।

सुनसरी प्रहरीले उनीहरुलाई इनरुवा, महेन्द्रचोक, बसचोक, सखुवागाछी, मालपोत, बलाहा रोड लगायतका क्षेत्रबाट पक्राउ गरेकाे हाे । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।

विहानको समयमा जिल्लाभर ५० जना पक्राउ गरिएको प्रहरीले जनाएको छ । अटेर गरी सवारी चलाएको पाइएकाले केही मोटरसाईकल, ठेला, भेन लगायत समेत नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ ।

इनरुवा सहित आसपासको क्षेत्रबाट पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने अन्यलाई मातहतका कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरीले लक डाउनको समयमा घरमै बस्न सबै जिल्लावासीमा आग्रह समेत गरेको छ ।

सरकारले नेपालमा फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि अरुलाई नसरोस् भनेर मंगलबार बिहान ६ बजेदेखि चैत १८सम्मका लागि मुलुकभर लकडाउन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्