विकास घिमिरे
धनकुटा, १७ चैत । विश्वभर सन्त्रासको रुप लिएको नोवेल कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि धनकुटाको शहिदभूमि गाउँपालिका वडा नं १ ले क्वारेन्टाइन तथा हेल्थ डेस्क गरेको छ ।
सहिदभुमी गाउँपालिका वडा नं १ मा ५ वटा बेड भएको क्वारेन्टाइन गरेको सहिदभूमि गाउँपालिका वडा नं १ का वडाध्यक्ष अशोक राईले जानकारी दिए ।
सहिदभूमि गाउँपालिका वडा नं १ को आर्थिक सहयोग र धापस्थित स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा क्वारेन्टाइन तथा हेल्थ डेस्क स्थापना गरिएको हाे । यससँगै हिजाे विदेशबाट आएका तथा वडाबाहिर बाट आएका स्थानीयहरुको स्वास्थ्य चेकजाँच समेत सुरु भएको छ ।