सप्तरीमा ४ सय ५१ शैयाको क्वारेन्टाइन , १८ वटै स्थानीय तहमा क्वारेन्टाइन कक्ष सञ्चालनमा

<span class='c1'>सप्तरीमा ४ सय ५१ शैयाको क्वारेन्टाइन ,</span> <span class='c2'>१८ वटै स्थानीय तहमा क्वारेन्टाइन कक्ष सञ्चालनमा</span>

देवराम प्रसाद यादव
सप्तरी चैत १९ गते । सप्तरीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न तथा बचाउनकालागि उच्च सतकर्ता अपनाइएको छ । भाइरस नियन्त्रण गर्न क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बस्नुपर्ने अति जरुरी रहेकाले सोही कुरालाई मध्य नजर गर्दै सरकारले पनि ‘लकडाउन’ आह्वान गरेको छ । ‘लकडाउन’ सप्तरीमा पूर्ण रुपमा कार्यान्वय भईरहेको पाइएको छ भने खासगरी विदेशबाट आएका वा आउने व्यक्तिहरुमा निगरानीमा राख्न जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालयले पहल गरेर स्थानीय तहको सहयोगमा सप्तरीको १८ वटै स्थानीय तहमा क्वारेन्टाइन कक्ष सञ्चालनमा ल्याएको छ ।

समान्य रुघाखोकी र ज्वरो रहेका व्यक्तिहरुलाई पनि होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ भने आवश्यकताअनुसार पायक पर्ने स्वास्थ्य चौकी वा डाक्टरसँग सम्पर्क गर्न भनिएको छ । सप्तरीका स्थानीय तहहरुले ४ सय ५१ शैय्याको क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ ।

तेश्रो मुलुककासाथै भारतबाट आएका वा आउने व्यक्तिहरुलाई नियमित रुपमा क्वारेन्टाइनमा बस्न स्वास्थ्य कार्यालयले आग्रह गरेको छ भने आ–आफनो गाउँमा विदेशबाट आएका वा आउने व्यक्तिहरुबारे सम्वन्धित स्थानीय तहमा जानकारी गराउन समेत सर्वसाधारणलाई अपिल गरेको छ ।

उता, भाइरस संक्रमणको आशंका देखिने व्यक्तिहरुलाई उपचारकालागि सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ६, छिन्नमस्ता अस्पताल र युनिक अस्पतालमा २०–२० तथा क्षेत्रीय प्रहरी अस्पतालमा १० गरी कुल ५६ शैय्याको आइसोलेसन तयारी अवस्थामा रहेको छ भने छिन्नमस्ता अस्पतालमा ८ र युनिक अस्पतालमा ५ गरी १३ वटा आइसीयू कक्ष तयारी अवस्थामा रहेको गजेन्द्रनारायण सिंह अस्पताल प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्