झापा चैैत १९ , कोरोना भाइरसको संक्रमण रोक्नका लागि लकडाउन भएपछि जिल्ला प्रशासन कार्यालय झापा र इलाका प्रशासन कार्यालय दमक र गौरीगन्जमा सवारी पास लिने भिड बढेपछि यस्तो पास वितरणमा रोक लगाईएको छ ।
अत्यावश्यक कामका लागि पास सवारी पास वितरण हुँदै आएको थियो । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरका अनुसार अर्को निर्णय नभएसम्मका लागि पास वितरण बन्द गरिएको हो ।