झापामा कोरोना संक्रमणको आशंकामा राखिएका तीनजना विरामीमा कोरोना फेला परेन

<span class='c1'>झापामा कोरोना संक्रमणको आशंकामा राखिएका</span> <span class='c2'>तीनजना विरामीमा कोरोना फेला परेन</span>

विष्णुप्रसाद पोखरेल
दमक, चैत १९ गते । मेची अञ्चल अस्पतालमा कोरोना संक्रमणको आशंकामा राखिएका तीनजना विरामीमा कोरोना फेला नपरेको बताइएको छ । घाँटी भित्रको स्वाब परीक्षण गर्दा कोरोनाका भाइरसको संक्रमण नदेखिएको जिल्ला समन्वय समिति झापाका प्रमुख एवं कोरोना रोकथाम तथा व्यवस्थापन समितिका मूल संयोजक सोमनाथ पोर्तेलले बताउनुभयो ।

कोरोना भाईरसको संक्रमणको आंशकामा पाँच दिन अघिदेखि ३ जना मेची अञ्चल अस्पतालको आइसोलेसनमा रहनुभएको थियो । यसभन्दा अघि झापा गौरादहका एक विरामीको पनि परीक्षण रिर्पोट नेगेटिभ आएको पनि उहाँले जानकारी दिनुभयो ।

झापाका १५ वटै स्थानीय तहबाट शंकास्पद कोरोनाका विरामीहरुलाई उपचार गर्न तथा आइसोलेसनमा राख्न मेची अञ्चल अस्पताल तोकिएको छ । यसभन्दा अघि परीक्षणका लागि काठमाडौं पठाउनु पर्नेमा अब धरानस्थित विपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा नै पठाउन सकिने भएकाले रिर्पोट आउन लामो समय लाग्दैन, पोर्तेलले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्