मोरङको बेलवारीमा एक चिनीयाँ सहित ८१ जना क्वारेन्टाईनमा

<span class='c1'>मोरङको बेलवारीमा एक चिनीयाँ</span> <span class='c2'>सहित ८१ जना क्वारेन्टाईनमा</span>

बेलबारी चैत १९
दैनिक ज्याला मजदुरी गरी खानेहरुको लगत संकलन तथा राहत बाँड्ने बारेमा बेलवारी नगरपालिकाले सर्बदलिय छलफल गरेको छ। नगरपालिकाका मेयरको संयोजकत्वमा सर्बदलिय समिति गठन भएको छ। समितिले पालिका भित्रको राहत बितरण प्रक्रियालाई प्रभावकारी बनाउने समेत निर्णय भएको छ।

ब्यवसायीसँग भएको खाद्यान्न विवरण लिएको छ। कृत्रिम अभाव हुन नदिनको लागि सुझाव लिने र त्यस्तो अबस्थामा ब्यवसायीले खेज्नु पर्ने भुमिकाको बारेमा पनि छफल भएको छ ।
मनोमानी मूल्य वृद्धि नगर्नर एकरुपता कायम गर्न नगरपालिकाले ब्यवसायीलाई सुझाव दिएको छ ।

त्यस्तै बेलवारी नगरपालिकामा ८१ जना परदेशबाट आएकाहरु रहेकोमा उनीहरु क्वारेन्टाईनमा रहेका छन् । होम क्वारेन्टाइन ८१ जना छन् उनीहरुको स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले निगरानीमा राखेका छन् ।

एक चाइनिज नागरिक सहित अर्का एक एक स्थानीय घोपामा छन् । दुई जना टाडीको क्वारेन्टाईनमा रहेको बेलवारी नगरपालिकाकी उपमेयर ढाका पराजुलीले बताउनुभयो । ८१ जनाको अबस्था सामान्य रहेको उहाँको भनाई छ ।

त्यस्तै ज्याला मजदुरी गरेर जीवन गुजारा गर्ने परिवारको लागि राहत बितरण गर्न तथ्यांक संकलनको काम पनि भईरहेको पराजुलीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्