रतुवामाईमा समाजसेवी बस्नेतले गरे ७९ हजार बराबरको खाधन्य सामाग्री हस्तान्तरण

<span class='c1'>रतुवामाईमा समाजसेवी बस्नेतले गरे ७९</span> <span class='c2'>हजार बराबरको खाधन्य सामाग्री हस्तान्तरण</span>

रबिन्द्र बराल
बिश्वभर काेराना भाइरसकाे महामारी फैलिएको अवस्थामा रतुवामाई नगरपालिकाका सामजसेवीले खाद्यान्न सामाग्री हस्तान्तरण गरेका छन ।

नेपाल सरकारले लगाएको लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गरि परिवार पाल्ने आम मानिसहरूलाई यस बेला ठुलै आपत आईलागेको छ।काम गर्न जाउँ लकडाउन उलंघन हुने र सजायको भागीदार बन्नुपर्ने ,नजाउँ परिवारको प्राण नरहने, यस्तो जीवन्त मानवीय संकटबाट बच्नका लागि समाजसेवी बलबहादुर बस्नेतले खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन । रतुवामाई ५ घर भइ हाल बिराटनगर बसाेवास गर्दे अाएका सामजसेवी बलवाहदुर बस्नेतले गाउँ घरमा रहेका गरिव परिवारहरुलाई केही राहत हाेस भन्ने उदेश्य अाफुले कमाई गरेको अाम्दनीबाट सन्चित गरेर राखेको रकम बाट खाद्यान्न सामाग्री हस्तान्तरण गरेका थिए।

 

चामल २५ कार्टुन साबुन , एक हजार पिस मास्क, जनचेतना मुलक पर्चा र सय थान पन्जा राहात कोषमा जम्मा हुनेगरी हस्तान्तरण गरेका हुन। खाद्यान्न तथा जिन्सीको लागत उनासी हजार बराबरको रहेको बस्नेतले बताए ।कार्यक्रममा रतुवामाई नगर प्रमुख रबिन राई
ले समाजसेवी बस्नेतको उच्च मुल्यांकन गर्दै वहाँको निरन्तर समाजसेवा प्रतिको लगाव अत्यन्तै प्रसंसनिय काम गरेको समेत बताए। कार्यक्रममा सिता देवि खत्री ( बस्नेत) रमा अधिकारी ( राई) इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक मोहन रायमाझी , विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्