फिलिपिन्सका राष्ट्रपतिको चेतवानी : लकडाउन उल्लंघन गर्नेलाई गोली हान्ने

<span class='c1'>फिलिपिन्सका राष्ट्रपतिको चेतवानी : लकडाउन</span> <span class='c2'>उल्लंघन गर्नेलाई गोली हान्ने</span>

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउन उल्लंघन गर्नेलाई गोली हान्ने चेतवानी दिएका छन् । राष्ट्रपति रोड्रिगोले लुजोनको टापुमा लागू गरिएको एक महिना लामो लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्ने चेतवानी दिएका हुन् ।

बुधबार राती प्रसारित टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले भने- ‘मेरो आदेश प्रहरी र सेनाका अधिकारीलाई हो, डाक्टर र स्वास्थ्यकर्मीहरुलाई चोट नपुर्याउनुहोस्, किनकि यो गम्भीर अपराध हो । यदि कसैले समस्या पैदा गर्छ भने तिनीहरूको गोली ठोक्नुहोस् ।’

सरकारसँग खाद्य सहायताको माग गर्दै प्रर्दशन गर्ने मनिलाको क्युजन सिटीका २१ प्रदर्शनकारीलाई पक्राउ गरेपछि डुटर्टोले यस्तो आदेश जारी गरेका हुन् । प्रहरी अधिकारी जनरल रोनी मोन्तेजोले लाखौं जनतालाई घरभित्रै क्वारेन्टिनमा बस्न भनिएको छ । यो नयाँ नियम तोड्नेविरुद्ध आपराधिक मुद्दा दर्ता गरिने उनले जानकारी दिए ।

स्यान्टिटाउनका बासिन्दाले दुई हप्ता अघिदेखि लागू गरिएको लकडाउनका बीच आफूहरुले सरकारबाट अन्य राहत सामग्रीका साथै खाद्य सहयता नपाएको गुनासो गरेका छन् ।

पक्राउ गर्न अघि प्रदर्शनकारीले भनेका थिए, ‘हामी भोकको कारण मद्दतको लागि यहाँ आएका छौं। सरकारले हामीलाई खानेकुरा, चामल, पैसा केहि पनि दिएकाे छैन, अहिले सबै बन्द छन्, हाम्रो कुनै काम छैन, हामी कसरी बाच्ने ?’

२१ प्रदर्शनकारीलाई पक्राउ गरेपरेछि अन्य बासिन्दाहरूले पक्राउ परेका व्यक्तिहरूको रिहाइको माग गर्न जुलुस निकालेका थिए । स्यान्टिटाउनमा ५७ मिलियन मानिसहरू अहिले लकडाउनमा छन् ।

फिलिपिन्समा अहिलेसम्म २ हजार ३११ जना काेराेना संक्रमित भएका छन् भने ९६ जनाकाे मृत्यु भइसकेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्