लकडाउनका कारण अभाव सिर्जना भएपछी नेता भट्टराईको वृद्धा आश्रमलाई सहयोग

<span class='c1'>लकडाउनका कारण अभाव सिर्जना भएपछी</span> <span class='c2'>नेता भट्टराईको वृद्धा आश्रमलाई सहयोग</span>

राष्ट्रिय युवा संघ नेपालका नेता किशोर भट्टराईले बुढिगंगा-१ पूष्पलाल चौकस्थित महिला जागृति वृद्धा आश्रममा पुगेर सहयोग गरेका छन् । कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले जारी गरेको लकडाउनका कारण अभाव सिर्जना भएको जानकारी पाएसँगै भट्टराईले वृद्धा आश्रमलाई नगद २७ हजार सहयोग गरेका हुन् ।

संस्थाकी अध्यक्ष भुवनेश्वरी आचार्यलाई नगद हस्तान्तरण गर्दै भट्टराईले आश्रमका रहेका आमाहरुलाई फलफूल समेत वितरण गरे । उनले विश्व नै आक्रान्त बनिरहेको यो समयमा सबैले सक्दो सहयोग गर्नु पर्ने बताए । साथै आगामी दिनमा समेत यस्ता सहयोगलाई निरन्तरता दिने प्रतबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्