रोचक : कोरोनाको भ्याक्सिन बनाउनेलाई पोर्न स्टारको यस्तो अफर

<span class='c1'>रोचक : कोरोनाको भ्याक्सिन बनाउनेलाई</span> <span class='c2'>पोर्न स्टारको यस्तो अफर</span>

चीनको वुहान सहरबाट पूरा दुनियाँमा फैलिएको कोरोना भाइरसले महामारीको रूप लिएको छ। यो भाइरसले ५० हजारभन्दा बढीको ज्यान लिइसकेको छ। लाखौं संक्रमित भएका छन्।

कोरोना फैलनबाट रोक्न धेरै देशमा लकडाउन गरिएको छ। सबै देश यो संक्रमणबाट बाँच्ने भ्याक्सिनको खोजीमा जुटेका छन् तर अहिलेसम्म कसैलाई सफलता प्राप्त भएको छैन।
यसैबीच एक अंग्रेजी वेभसाइटमा प्रकाशित खबरले सबैलाई चकित बनाएको छ। वेभसाइटमा पोर्न इन्डस्ट्रीकी चर्चित रसियन पोर्न स्टार लोला टेलरले अनौठो घोषणा गरेकी छन्।

‘जुन डाक्टर या शोधकर्ताले कोरोना भाइरस नष्ट गर्ने भ्याक्सिन बनाउँछ म उसको ओच्छ्यानमा जान तयार छु’, लोला टेलरले भनेकी छन्। उनका अनुसार यो भाइरसका कारण पोर्न इन्डस्ट्रीको ९० प्रतिशत काम बन्द भएको छ। सबैजना चिन्तित छन्।

उनी आफैं पनि घरबाहिर जान पाएकी छैनन्। उनी मास्कोमा एक्लै बस्दै आएकी छन्। लोला टेलरको खास नाम ल्‍युबोभ बुसुयेवा हो। उनी पोर्न इन्डस्ट्रीमा लोला टेलरको नामबाट चिनिन्छिन्। लोला रूसकी हुन्। अहिले उनी यो घोषणाको कारण चर्चामा छिन्। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्