राष्ट्रिय युवा संघ नेपाल मोरङले जिल्लाका विभिन्न स्थानीय तहहरुका स्वास्थ चौकीमा ब्यक्तिगत स्वास्थ सुरक्षाका सामाग्री बितरण सुरु गरेको छ ।
यसैक्रममा कानेपोखरी १ होक्लाबारीस्थित स्वास्थ चौकीमा गाउपालिका उपाध्यक्ष राजमती इङ्नामको उपस्थितिमा विभिन्न सामाग्री प्रदान गरिएको हो । स्वास्थकर्मीको मनोबल उच्च पार्न सुरक्षा सामाग्री हस्तान्तरण गरिएको जिल्ला अध्यक्ष नवीन पौडेलले बताए ।
यसैगरी यी सामाग्री मोरङको पथरी, कानेपोखरी, उर्लावारीमा वितरण गरिसकिएकोको र लेटाङ, सुनवर्षी, रतुवामाई, रंगेली, सुन्दरहरैचा लगायत अन्य पालिकामा चाडै वितरण गरिने अध्यक्ष पौडेलले जानकारी दिए ।