खोटाङमा कांग्रेस सभापतिले नगरप्रमुखलाई अश्लील र अभद्र शब्दमा गाली गरेपछि तनाब

<span class='c1'>खोटाङमा कांग्रेस सभापतिले नगरप्रमुखलाई अश्लील र</span> <span class='c2'>अभद्र शब्दमा गाली गरेपछि तनाब</span>

नेपाली कांग्रेस खोटाङ जिल्ला कार्य समितिका सभापति नरेशकुमार श्रेष्ठले हलेसी तुवाचुङ्वा नगरप्रमुखलाई अभद्र गाली गरेका छन् । बाह्रखरीलाई उपलब्ध अडियो ‘क्लिप्स’मा बन्दाबन्दीलाई पूर्ण पालना गराउने पर्ने तथा क्वारेन्टाइनमा बस्नुपर्ने नगरप्रमुखको प्रस्ताव प्रति असहमति जनाउँदै जिल्ला सभापतिले अत्यन्त अश्लील र अभद्र शब्दमा आक्रोश पोखेका छन् ।

जिल्ला सभापतिबाट प्रयोग भएका शब्द र गालिगलौजले पार्टीको आँच र मर्यादामा नै असर परेको भन्दै पार्टी पङ्तिकै पदाधिकारी तथा भ्रातृ संगठनका अध्यक्षहरुले मंगलबार संयुक्त विज्ञप्ति प्रकाशित गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘‘कोभिड १९ का विरुद्द विश्व मानवजाति लडिरहेको अवस्थामा जिम्मेवारी बहन गरिरहेका हलेसी तुवाचुङ्गा नगरपालिका प्रमुख इवन राईप्रति आफ्नै पार्टीका जिल्ला सभापति नरेशकुमार श्रेष्ठद्वारा गरिएको अश्लील, अभद्र र गैरजिम्मेवार अभिव्यक्ति सुनेर, देखेर हामी दु:खी, अचम्मित र स्तब्ध भएका छौं ।’’

उनीहरुले कोभिड १९ का विरुद्ध क्रियाशील नगरपालिका, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायत सबैमा धन्यवाद दिँदै संकटको घडीमा साथ र सहयोग गर्नेलाई हप्काउने, अश्लील शब्द प्रयोग गर्ने शैली न राजनीतिक न त सामाजिक चरित्र नै भएको उल्लेख गरेका छन् । जिम्मेवार हुन सकिन्न भने पनि गैरजिम्मेवार हुने स्वच्छन्दता कसैलाई नभएको विज्ञप्तिमा उल्लेख छ ।विज्ञप्तिमा खोटाङ क्षेत्र नं २ का सभापति तीर्थराज भट्टराई, क्षेत्र नं १ का उपसभापति लोकेन्द्र राजभण्डारी, तरुण दल अध्यक्ष भीषण राई, नेविसंघ अध्यक्ष राजकुमार बस्नेत, ट्रड युनियन कांग्रेसका अध्यक्ष कृष्ण आचार्य, नेपाल महिला संघकी अध्यक्ष रामकुमारी राई, नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष प्रकाश घिमिरे, नेपाल प्रेस युनियनका अध्यक्ष उत्तम चौलागाई, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जसराज किराती, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष  मिलन कसजुलगायतले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्