मोरङमा फागुन महिनाको उत्कृष्ट प्रहरी भए प्रहरी निरीक्षक ऋषिराज ढकाल

<span class='c1'>मोरङमा फागुन महिनाको उत्कृष्ट प्रहरी</span> <span class='c2'>भए प्रहरी निरीक्षक ऋषिराज ढकाल</span>

फागुन महिनाको उत्कृष्ट प्रहरीबाट प्रहरी निरीक्षक ऋषि राज ढकाललाई सम्मान गरिएको छ। जिल्ला प्रहरी कार्यलय मोरङले प्रत्येक महिना प्रदान गर्दै आएको उत्कृष्ट प्रहरीको सम्मान फागुन महिनामा प्रहरी उपरीक्षक ऋषि राज ढकाललाई प्रदान गरिएको हो।

जिल्ला प्रहरी कार्यलय मोरङमा कार्यरत उपरीक्षक ढकालले फागुन महिनामा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको हो। विभागीय मूल्य मान्यता , आदेश निर्देशनको पालना गरि विभिन्न प्रकृतिका जघन्य अपराधका मुद्दाहरुमा अनुसंधान अधिकृत भइ सफल अनुसंधान गरि फरार प्रतिवादीहरु पक्राउ गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको र अपराध न्यूनीकरणमा महत्वपूर्ण भुमिका खेलेको भन्दै ढकाललाई फागुन महिनामा उत्कृष्ट प्रहरी घोषणा गरिएको हो।

प्रहरी निरीक्षक रहि फागुन महिनामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै प्रहरी उपरीक्षक विश्व अधिकारीले ढकाललाई सम्मान पत्र हस्तान्तरण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्