मोरङको बुढीगंगामा आजपनि राहत वितरण कार्य जारी

<span class='c1'>मोरङको बुढीगंगामा आजपनि राहत</span> <span class='c2'>वितरण कार्य जारी</span>

मोरङको बुढीगंगा गाँउपालिका वडा नम्बर १ ले राहत वितरणको कार्यलाई आज पनि जारी राखेको छ । राहत वडाका विपन्न, गरीब, दैनिक ज्यालादारीहरुलाई उपलब्ध गराइएको हो । प्रथम चरणको राहत वितरणका क्रममा वडाका ७९३ परिवारलाई राहत वितरण गरिदैछ । हिजोबाट सुरु गरीएको राहत वितरण कार्य आजसम्म गरी करीब ७ सय घरधुरीलाई वितरण गरिसकिएको छ ।

साथै नाम संकलन भएका बाँकीलाई भोलिसम्म वितरण गरी सक्ने वडाध्यक्ष युवराज पौडेलको भनाई छ । राहत स्वरुप एक परिवारलाई १५ केजी चामल, १ केजी दाल, एक पोका तेल, एक केजी नुन, र एउटा साबुन रहेको वडाध्यक्ष पौडेलले बताए । बुढीगंगा गाँउपालिकाले उपलब्ध गराएको राहत प्रत्येक वडा कार्यालय मार्फत वितरण गरिएको हो। साथै राहत पुग्न छुटेका विपन्न परिवारलाई समेत चाँडै नै राहत वितरण गरिने वडाध्यक्ष पौडेलले बताए । राहत वितरणलाई थप सहज बनाउन स्थानीय सागर थापा, किशोर भट्टराई लगायतको टोलीले समेत सहजीकरण गरिरहेको छ ।

कोरोना भाइरसको जोखिम बढेपछि सरकारले गरेको लकडाउनका कारण बुढीगंगा गाँउपालिकाको जनजीवनसमेत प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्