विराटनगरमा क्विकर फुडले घरघरमा खाद्यान्न तथा तरकारी डेलिभरी गर्दै

<span class='c1'>विराटनगरमा क्विकर फुडले घरघरमा खाद्यान्न</span> <span class='c2'>तथा तरकारी डेलिभरी गर्दै</span>

विराटनगर चैत २८, विराटनगरमा खाना डेलिभर गर्दै आएको क्विकर फुडले कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले गरेको लकडाउनमा सहयोग पुर्‍याउन अन्य सेवा पनि थप गरेको छ ।

मुलुकको अवस्था साथै ग्राहकको समस्यालाई मध्यनजर गर्दै क्विकर फुडले विराटनगरमा खाद्यान्न होम डेलिभरी सेवा सुरुवात गरेको हो । क्विकरले अतिआवश्यक दैनिक उपभोग्य वस्तु ताजा तरकारी, फलफूल, चामल, नब्ज, पीठो, चिनी, नुनका साथै मासु, दुग्घजन्य वस्तुलगायत समाग्री ग्राहकका घर आँगनै  पुर्‍याइदिने भएको छ ।

खाद्यान्न डेलिभरीगर्दा आम जनताको स्वास्थ्य हितका लागि सुरक्षा अपनाएर गरिने क्विकरका सञ्चालक दिवस दाहालले बताए । ५ सय रुपैयाँ माथिको सामान खरिदमा निशुल्क होम डेलिभरी दिने दाहालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्