विराटनगरका डाक्टर गिरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा नियुक्त

<span class='c1'>विराटनगरका डाक्टर गिरी वीपी कोइराला स्वास्थ्य</span> <span class='c2'>विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा नियुक्त</span>

विराटनगर चैत २८,

लामो समयसम्म रिक्त रहेकोे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिको पदमा सरकारले प्रा.डा.ज्ञानेन्द्र गिरीलाई नियुक्ति गरेको छ । उनी विराटनगर निवासी हुन ।

प्रतिष्ठानको कुलपतिसमेत रहनु भएका प्रधानमन्त्री ओलीले सिफारिश भएका तीन जना मध्ये डा.गिरीलाई विहीबार उपकुलपतिमा नियुक्ती गर्नुभएको हो । डा.गिरी मुटु रोग विशेषज्ञ समेत रहनु भएका गिरीलाई सहकुलपति एवं स्वास्थ्यमन्त्री भानुभक्त ढकालको संयोजकत्वमा बनेको सिफारिश समितिले गरेको सिफारिसलाई आधार बनाएर डा. गिरीलाई नियुक्त गरिएको हो ।

समितिले डा. गिरीसंगै कार्यवाहक उपकुलपति एवं रेक्टर प्रा.डा.गुरु खनाल र वीपीका मेडिसिन विभाग प्रमुख प्रा.डा.सञ्जिव शर्मालाई सिफारिश गरेको थियो ।

गिरि विराटनगरमा रहेको कोशी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट पनि भइसकेका व्यक्ति हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्