पर्साको वीरगन्ज छिमेकी देश भारतसँग सीमा जोडिएको शहर हो । अहिले वीरगन्ज भन्सार र भारतीय शहर रक्सौलमा नाका बन्द गरिएका कारण मात्रै हो नत्र वीरगन्ज र रक्सौल पानी पँधेरो नै हो दुबै देशका नागरिकहरुका लागि । बिश्वब्यापी रुपमा फैलिएको कोरोनाका कारण नेपालमा भन्दा पहिला भारतमा कोरोनाले गाँज्न थाल्यो अनि भारतले लकडान गरेपछि केही भारतीयहरु रातारात नेपाल आए ।
केही चोर बाटो भएर नेपाल आए । पर्सा जिल्ला जनसंख्याको हिसावले मु्स्लिम बाहुल्य भएको जिल्ला हो । वीरगन्जमा आधा दर्जन ठूला मस्जिदहरु छन् तर जामे होइनन् । छपकैंया भारतीय सीमा बहर रक्सौलबाट टाढा पनि छैन पैदल नै हिडेर आएपनि बढीमा आधा घण्टमा आउन सकिने स्थान हो ।भारतको दिल्लीमा करिब डेढ महिना अघि भएको जमातीमा नेपालका धेरै मुस्लिम समुदायको सहभागिता रहेको बताइएको थियो ।यद्यपी नेपाली मुस्लिमहरुमा भने कोरोना देखिएको छैन ।
छपकैंयाको मस्जिदमा लुकेर बसेका उनीहरु बिहीबार मात्रै नारायणी अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए उनीहरुको स्वाब हेटौंडामा पक्षिक्षका लागि पठाइएको थियो । हेटौंडाले कन्फर्म गर्न नसकेपछि काठमाडौंको जनस्वास्थ्य प्रयोगशालामा पठाइयो र जहाँ यसको पुष्टी भयो ।
२६ जना धर्म गुरु क्वारेनटाइनमा
पर्साका प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार प्रहरीले शनिबार राति नै वीरगन्जका केही स्थानहरुमा छापामारी गरेको छ । शंकास्पद स्थान रहेको छपकैंयाको मस्जिदमा छापामारी गरी २६ जना धर्म गुरुहरुलाई नियन्त्रणा लिएर वीरगन्जको सिद्धार्थ माविमा रहेको क्वारेनटाइनमा राखिएको छ । उनीहरु सबै भारतीय जमातीमा सहभागी रहेको बताइएको छ ।
स्थानीयमा संत्रास
भारतीय जमातीहरुमा कोरोना संक्रमण देखिएपछि वीरगन्जमा संत्रास फैलिएको छ । वीरगन्ज शहर बाक्लो र घनाबस्ती भएकाले पनि महामारीको रुप लिने हो कि भन्ने संत्रास फैलिएको हो । तीन भारतीयलाई राखिएको नाारायणी अस्पतालको सबै सेवा बन्द गरिएको छ । उनीहरु कहां र कसरी आएका थिए भन्ने बिषयमा प्रहरीले अनुसंधान शुरु गरेको छ । उनीहरुको यात्रा डायरी खोतल्ने प्रयास भइरहेको पर्सा प्रहरीले जनाएको छ । - नेपाल समाचारपत्र