धरान आएर लुकेर बसेका एक भारतीय नागरिकलाई क्वारेन्टाइनमा राखियो

<span class='c1'>धरान आएर लुकेर बसेका एक</span> <span class='c2'>भारतीय नागरिकलाई क्वारेन्टाइनमा राखियो</span>

सुनसरी — नेपाल–भारत सीमा सिल र देशभर लकडाउन भएका बेला धरान आएका एक भारतीय नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ । तीन दिनअघि धरान आएर लुकेर बसेको थाहा पाएपछि स्थानीयहरू सशंकित बनेका थिए ।

धरान–१५, बाँझोगरस्थित सदन रोडमा तरकारी व्यापार गर्ने बद्री चौधरीको घरमा आएका उनी लुकेर बसेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर गर्नासाथ ती व्यक्ति भाग्न खोजेका थिए ।

लकडाउन र सीमा सिल भएका बेला ती भारतीय नागरिक कसरी धरान आइपुगे भन्ने खोजी भइरहेको प्रहरीले जनाएको छ । स्थानीयले भने चौधरीको तरकारी बोक्ने मिनीट्रकमा लुकेर आएको हुन सक्ने आशंका गरेका छन् ।

ती भारतीय नागरिकलाई फुस्रेस्थित नेपाली सेनाले बनाएको क्वारन्टाइनमा राखिएको प्रहरीले जनाएको छ । ती व्यक्तिको रिपोर्ट पोजेटिभ देखिए उनी बसेको घरका सबैलाई क्वारेन्टाइनमा राखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्