काठमाडौका एकै परिवारका दुई जनामा कोरोना पुष्टि, संख्या १६ पुग्यो

<span class='c1'>काठमाडौका एकै परिवारका दुई जनामा</span> <span class='c2'>कोरोना पुष्टि, संख्या १६ पुग्यो</span>

काठमाडौं, वैशाख २ गते । पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिबारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

लण्डनबाट चैत ५ गते आई सो अपार्टमेन्टमा बसोबास गर्ने एकै परीवारका तीन जनामा कोभिड १९ को संक्रमण हुन सक्ने सम्भावना विचार गरी सोमबार आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना ५८ बर्षिया पुरुष, ८१ बर्षिया महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वेभसाइट मार्फत जानकारी गराएको छ ।

त्यसपछि तीनै जनालाई उपचारका लागि पाटन अस्पतालमा भर्ना गरी पीसीआर माध्यमबाट थप परिक्षण गर्दा समेत दुई जनामा पोजेटिभ रिपोर्ट देखिएको छ भने बाँकी एक जनाको पछिल्लो परिक्षणमा पनि कोभिड १९ पोजेटिभ नदेखिएको उल्लेख छ ।

साथै उक्त अपार्टमेन्टमा बस्ने अन्य व्यक्तिको परीक्षण आजैबाट सुरू गरिएको छ भने निजहरूसंग सम्पर्कमा रहेकाको खोजी शुरु भएको मन्त्रालयले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्