सनसिटी अर्पामेन्टमा भित्र बस्ने २९६ जनाको -यापिड टेस्टमा सबैको रिपोर्ट नगेटिभ

<span class='c1'>सनसिटी अर्पामेन्टमा भित्र बस्ने २९६ जनाको</span> <span class='c2'>-यापिड टेस्टमा सबैको रिपोर्ट नगेटिभ</span>

नगेन्द्र सापकोटा
काठमाडौँ, वैशाख ३ गते । कागेश्वरीमनोहरा नगरपालिका वडा नं. ९ स्थित सनसिटी अर्पामेन्टमा भित्र बस्ने २९६ जनाको -यापिड टेस्टमा सबैको रिपोर्ट नगेटिभ आएको छ ।

सो जानकारी कागेश्वरीमनोहरा नगरपालिकाका उपमेयर विन्दु पुडासैनी (सिम्खडा)ले  दिनुभयो ।
सो अर्पाटमेन्टकाे ए ब्लकामा २९८ जना बस्ने गरेका र अन्य ब्लकमा बस्नेकाे पनि अबस्था हेरेर क्रमस परीक्षण गरीने उहाँले बताउनुभयाे । साे  ब्लकका एक परिवारका दुई जनामा कोरोना संक्रमण पुष्टि भए पछि त्याहाँ बस्ने अरुको -यापिड टेस्ट आज विहान सुरु गएिको थियो ।

उक्त अपार्टमेंट मा बिहान ९ बजे देखि स्वास्थ्य सेबा बिभाग इपिडिमेलोजी माहाशाखाका डा. अमृत पोखरेल , महेन्द्र अधिकारी र कागेश्वरी मनोहरा नगरपालिका को सहयोगमा १५ जना स्वास्थ्यकर्मी हरुको टोलिबाट स्वास्थय परीक्षण गिरएकाे थियाे । साथै साे अपार्टमेन्ट क्षेत्रमा सरसफाइ तथा क्लाेरिन छर्कने काम पनि भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्