अपडेट : अहिलेसम्म नेपालमा १५ हजार ८०० जनाको कोरोना परीक्षण

<span class='c1'>अपडेट : अहिलेसम्म नेपालमा १५</span> <span class='c2'>हजार ८०० जनाको कोरोना परीक्षण</span>

काठमाडौं, वैशाख ३ । नेपालमा हालसम्म १६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा बुधबार बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले धनगढीमा पाँच, काठमाडौंमा चार, वीरगन्जमा चार तथा बागलुङमा दुईजना संक्रमितको उपचार भइरहेको बताए ।

सुरुका संक्रमित एकजनालाई भने उपचारपछि यसअघि नै निको भइसकेको छ ।

डा. देवकोटाले अहिलेसम्म नेपालमा १५ हजार ८०० ओटा परीक्षणहरु गरिएको जानकारी दिए ।

सोअनुसार घाँटीको स्वाबको नमुना परीक्षण छ हजार ८७१ र ‘आरडीटी’बाट आठ हजार ९२९ ओटा परीक्षण भएका हुन् ।

त्यस्तै, काठमाडौंमा ११ सहित ११७ जनालाई ‘आइसोलेसन’मा राखिएको छ । पाँच हजार ६१४ जना ‘क्वारेन्टाइन’मा बसेका छन् ।

१४ जिल्लाबाहेक सबै जिल्लामा आरडीटीबाट परीक्षण भइरहेको डा. देवकोटाले बताए ।

पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले ‘आरडीटी पोजिटिभ’ देखिएका सबै व्यक्तिहरुको ‘पीसीआर’ परीक्षण पनि गरिने बताए ।

आरडीटीमा पोजिटिभ देखिँदैमा आत्तिनु नपर्ने भन्दै उनले आरडीटीले पोजिटिभ देखाउनु भनेको व्यक्तिलाई कोरोना संक्रमण भएको तर अरुलाई सार्ने अवस्थामा नरहेको हुनसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्