झापामा पनि एक व्यक्तिमा काेराेना पोजेटिभ देखिएको छ । र्यापिड डाइग्नोस्टिक टेस्ट किटले परीक्षण गर्दा झापा हल्दिबारी गाउँपालिका २ निवासी अन्दाजी ३० वर्षीय एक युवकमा कोरोना भाइरस पोजेटिभ देखिएको हाे ।
स्वास्थ्य शाखा हल्दिबारीको टोलीले होम क्वारेन्टाइनमा बसेका ती युवककोबुधबार आरडिटी किटले स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्यकर्मीको टोलीले आरडिटी किटले दुई पटकसम्म परीक्षण गर्दासमेत रिपोर्ट पोजेटिभ आएको बताइएको छ। ती युवक करिब एक महिनाअघि दुबईबाट फर्किएका हुन्।
थप परिक्षणको लागि उनको स्वाब विराटनगर कोशी अञ्चल अस्पताल पठाइएको छ ।