रंगेली बैशाख ४
रबिन्द्र बराल
मोरङको रंगेली जिल्ला अस्पतालमा पनि कोरोना परीक्षण सुरु गरिएको छ । साता दिन अगाडि भारत बाट अाएका ६ जनाकाे लाई पहिलो चरणको परीक्षणमा हाल सम्मको नतिजा नेगेटिभ आएको रंगेली अस्पतालका डाक्टर राेहिन्द्र पाण्डेले बताए ।
भारत बाट अाएका ३ जनालाई रंगेली अस्पतालमा रहेको क्वारेनटाइनमा राखिएको र उनिहरुलाई बुधबार आरडिटि मार्फत रहेका परीक्षण गरिएको छ ।
क्वारेनटाइन अवधिभर राखेर परीक्षण गर्दा ३ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनिहरु घर फर्किसकेका छन् भने बाँकिलाई समेत परिक्षण पछि नेगेटिभ आए पछि उनिहरुलाई समेत घर फर्काएकाे डाक्टर पाण्डेले बताए ।
शुक्रबार देखि नगरपालिकाले सबै वडाहरुमा केहि महिना अगाडि बिदेश तथा भारतबाट नेपाल अाएका बडा भित्रका ८७ जनाहरुलाई परिक्षण गरिने डाक्टर पाण्डेले समेत बताए ।