नेपालको पूर्वी नाका मेची भन्सारबाट आयात निर्यात ठप्प

<span class='c1'>नेपालको पूर्वी नाका मेची</span> <span class='c2'>भन्सारबाट आयात निर्यात ठप्प</span>

झापा । नेपालको पूर्वी नाका मेची भन्सारबाट आयात निर्यात ठप्प भएको छ ।

कोरोना संक्रमणको जोखिम देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेको मेची भन्सार कार्यालयले जनाएको छ ।

बंगाल सरकारले भारतीय भन्सार कार्यालयलाई पत्राचार गर्दै अनिश्चित कालका लागि कारोबार रोक्न निर्देशन दिएको जानकारी नेपालस्थित मेची भन्सार कार्यालयलाई गराएको छ ।

अवस्था सामान्य नभएसम्म मेची नाकाबाट वस्तु निर्यात गर्न नसकिने भएको छ ।

नाकामा आएर थन्किएका वस्तुलाई रि–रुट गरी अन्य नाकाबाट पठाउन भारतीय भन्सार अधिकारीहरुले  तयारी थालेका छन् ।

भारततर्फको नाका बन्द भएपछि भारत, भुटान र बंगलादेशबाट नेपालमा हुने आयात ठप्प भएको छ ।

लकडाउनको समयमा सो नाका भएर ग्यासका बुलेट, तरकारी, फलफूल जस्ता दैनिक उपभोग्य वस्तु आयात भइरहेको थियो ।

यसैबीच भारत केन्द्र सरकारको नीतिविरुद्ध राज्य सरकारबाट नाका बन्द गरिएपछि नेपालले कुटनीतिक पहल थालेको भन्सार विभागले जनाएको छ ।

परराष्ट्र र वाणिज्य मन्त्रालय हुँदै भारतीय दूतावासलाई नाका खोल्न पत्राचार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्