धरानमा स्वास्थ्यकर्मीलाई प्रहरीले कुटपिट गरेपछि तनाव

<span class='c1'>धरानमा स्वास्थ्यकर्मीलाई प्रहरीले</span> <span class='c2'>कुटपिट गरेपछि तनाव</span>

धरान बैशाख ४, 

धरान उपमहानगरपालिका-२० विष्णुपादुका स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टे‍न्ट चन्द्रप्रकाश खनाललाई प्रहरीले कुटपिट गरेको छ। पानमारा चौकीका प्रमुख सई भेषबहादुर राउतले पाईपले कुटपिट गरेको खनालले बताए।

बिरामीको घरैमा नियमित ड्रेसिङ गर्न जाने क्रममा बिहीबार बिहान कुटपिट भएको उनको भनाइ छ। आफू स्वास्थ्यकर्मी भएको जानकारी गराउँदै परिचयपत्र देखाउँदा समेत प्रहरीले लकडाउनको बेला हिँडेको भन्दै कुटपिट गरेको उनले बताए। कुटपिटबाट उनको घाटीँ नजिकैको भागमा सुम्ला बसेको छ।

कुटपिट गर्ने प्रहरी राउतले भने आफूबाट त्यस्तो दुर्व्यवहार नभएको दाबी गरेका छन्। उता धरान प्रहरी प्रमुख डिएसपी ढुन्डिराज न्यौपानेले भने आफूले भर्खर मात्र सूचना पाएको र सत्यतथ्य बुझेर कारबाही प्रक्रिया अगाडि बढाइने बताए।

सोही घटनाको सम्वन्धमा अहिले धरान उपमहानगरपालिका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरुको आकस्मिक भेला उपमहानगरपालिका कार्यलयमा भइरहेको छ।

बुधबार मात्रै त्रिवि शिक्षण अस्पातलमा कार्यरत डाक्टरमाथि ड्युटी सकेर घर फर्कने बेलामा कुटपिट भएको थियो। (स्वास्थ्य खबर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्