विराटनगर, बैशाख ४,
मोरङ जिल्लामा पनि आरडिटी प्रविधिकको प्रयोग गरि गरिएको कोरोना परिक्षणमा एक महिलालाई पोजिटिभ देखिएको छ ।
बुढिगंगा गाउँपालिकामा बस्ने एक युवतिमा कोरोना भाइरसको एण्टीबडी देखिएको हो ।
उनी भारतबाट केही हप्ता पहिले नेपाल आएकी थिइन् ।बुढिगंगाको सामुदायिक स्वास्थ्य केन्द्रमा गरिएको आरडीटी परीक्षणका क्रममा पोजेटिभ देखिएको बताइएको छ ।
थप परिक्षणको लागि उनको स्वाब कोशी अञ्चल अस्पताल पठाइने भएको छ ।
झापामा पनि एक युवालाई आरडिटिमा पोजेटिभ देखिएपनि विराटनगरमा पिसिआरको रिपोर्टमा भने नेगेटिभ देखिएको थियो ।