झापाका सीटीसी चिया उद्योग यही वैशाख ७ गतेदेखि खुल्ने

<span class='c1'>झापाका सीटीसी चिया उद्योग यही</span> <span class='c2'>वैशाख ७ गतेदेखि खुल्ने</span>

भद्रपुर।

लकडाउनले ठप्प भएका झापाका सीटीसी चिया उद्योग यही वैशाख ७ गतेदेखि खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय झापामा हालै बसेको बैठकमा विभिन्न बुँदामा निर्णय गर्दै जिल्लाका चिया उद्योग खुल्ने लिखित सहमति भएको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको नेतृत्वमा बसेको बैठकमा चिया उद्यमी तथा मजदुर सङ्गठनका प्रतिनिधिहरूको उपस्थितिमा सरकारले लगाएको लकडाउन उल्लङ्घन नगर्ने सर्तमा पाँच बुँदे निर्णय गरिएको छ । जिल्लाका चिया उद्योगहरू सञ्चालन, व्यवस्थापन तथा नियमनका लागि स्थानीय तहहरूसँग समन्वय गर्ने, सामाजिक दुरी कायम गरी चिया पत्ति टिप्ने, कामदारहरूलाई हात धुने साबुन, स्यानिटाइजर, मास्कको अनिवार्य व्यवस्था गरी प्रयोग गराउने, चिया ढुवानी गर्ने गाडीमा ब्यानर राख्ने र चिया बगानमा हरियो पत्ति तौल गर्दा भिडभाड हुन नदिने गरी सामाजिक दुरी कायम गर्ने निर्णय भएको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष सुरेशकुमार मित्तलले जानकारी दिनुभयो ।

साथै कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि तोकिएको मापदण्ड बमोजिम चिया उद्योग सञ्चालन भएको वा नभएको बुझ्न अनुगमन समिति समेत गठन गरिएको छ । समितिमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड कार्यालय बिर्तामोड, झापा उद्योग सङ्घ, नेपाल चिया उत्पादक सङ्घ र चिया मजदुर टे«ड युनियनका प्रतिनिधि रहने निर्णय भएको चिया उत्पादक सङ्घका सल्लाहकार जेपी शर्माले जानकारी दिनुभयो । जिल्लामा ३२ वटा निजी, चार वटा सहकारी, एउटा निगम गरी ३७ वटा सीटीसी चिया उद्योग रहेका छन् ।

चैत ११ देखि हालसम्मको लकडाउनले जिल्लामा करिब ३० देखि ३५ लाख तयारी सीटीसी चिया, डेढ करोड किलो हरियो चिया पत्ति नष्ट भएको चिया उत्पादक सङ्घका अध्यक्ष अग्रवालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्