कोरोनाबाट निको भएकी व्यक्तिकाे अनुभव यस्तो

<span class='c1'>कोरोनाबाट निको भएकी</span> <span class='c2'>व्यक्तिकाे अनुभव यस्तो</span>

काठमाडाैं, वैशाख ६ गते । नेपालमा कोरोना भाइरस (कोभिड–१९) लागेकी दोश्रो व्यक्तिले पूर्ण रुपमा निको भएर डिस्चार्ज हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनपछि कोरोनाबाट बच्नको लागि स्वय्म आइसोलेसनमा बस्नु पर्ने उहाँले प्रतिक्रिया दिनुभयो ।

टेकु अस्पतालबाट निको हुनुभएकी उहाँले ‘पब्लिक साइडबाट सेल्फ आइसोलेसनमा बसे कोरोनाबाट सुरक्षित हुने मेरो केसबाट प्रमाणित भएको छ ।’
उहाँले आफूले पाएको स्वास्थ्य सेवा अन्यत्रका विरामीलाई दिन सरकारसँग अनुरोध पनि गर्नुभयो ।

काठमाडाैं निवासी उहाँको लगातार चार पटकसम्म गरिएको परीक्षणमा नेगेटिभ आएपछि उपचारको २७ दिन पछि डिस्चार्ज हुनुभएको हो
कतार एयरको विमानमा फ्रान्सबाट दोहा हुँदै काठमाडौं आउनु भएका उहाँलाई सँगै यात्रा गरेका भियतनामी साथीलाई संक्रमण भएपछि उहाँको पनि स्वास्थ्य परीक्षण गर्दा उहाँमा पनि संक्रमण पाइएको थियो ।

यसैबीच, नियमति पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. विकास देवकोटाले संक्रमित ३० मध्ये दुईजनाको पूर्ण रुपमा निको भएको र बाँकी २८ जनाको स्वास्थ्यस्थिति सामान्य रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार केही व्यक्तिहरुको दु्रतगतिको परीक्षण (आरडीटी)मा पोजेटिभ आएकाले पीसीआर परीक्षण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्