सोलुखुम्बुमा सुनसरीका एक प्रहरी हवल्दारको सेवामा खटिएकै बेला मृत्यु

<span class='c1'>सोलुखुम्बुमा सुनसरीका एक प्रहरी हवल्दारको</span> <span class='c2'>सेवामा खटिएकै बेला मृत्यु</span>

सोलुखुम्बु । सेवामा खटिएका प्रहरी हवल्दारको आइतबार मृत्यु भएको छ ।  अस्थायी प्रहरीचौकी दोर्पुका इञ्चार्ज देवीप्रसाद भट्टराईको  बिहान करिब ३ बजे काममा खटिएकै बेला मृत्यु भएको सोलुखुम्बु प्रहरी प्रमुख  टेकुनन्दइवा लिम्बूले जानकारी दिए ।

लिम्बूका अनुसार काममै रहेका बेला शनिबार राति १२ बजे अत्याधिक पेट दुखेपछि उनलाई जिल्ला अस्पताल फाप्लु उपचारका लागि लगिएकामा बेहोस हुँदाहुँदै  मृत्यु भएको हो । भोजपुर घर भई हाल सुनसरीमा बस्दै आएका ३८ वर्षीय भट्टराईका श्रीमती तथा  दुई छोरा र एक छोरी छन् । अहिले उनको शव घर पठाउने तयारी भइरहेको  प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्