औद्योगिक प्रतिष्ठानमा कार्यरत श्रमीकहरुलाई लकडाउन अवधिको पारिश्रमीक दिने निर्णय

<span class='c1'>औद्योगिक प्रतिष्ठानमा कार्यरत श्रमीकहरुलाई लकडाउन</span> <span class='c2'>अवधिको पारिश्रमीक दिने निर्णय</span>

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोभिड १९ का कारण विश्वभरि रहेका नेपाली युवाहरुले रोजगारी गुमाएर स्वदेश फर्किएको अवस्थामा उत्पादनशील उद्यमशीलतामा सहभागी गराउन विशेष योजना तयार गर्न कार्यदल बनाउने भएको ।

आज उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ , नेपाल चेम्बर अफ कमर्सलगायत प्रतिनिधिहरुसँगको बैठकले यस्तो निर्णय गरेको हो । नेपाली युवाहरुले रोजगारी गुमाएर स्वदेश फर्किएको अवस्थामा उत्पादनशील उद्यमशीलतामा सहभागी गराउन विशेष योजना तयार गर्न वाणिज्य मन्त्रालयको औद्योगिक लगानी तथा प्रवर्द्धन महाशाखा प्रमुखको संयोजकत्वमा कृषि तथा पशुपक्षी, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि तथा उद्योगका छाता संगठनका प्रतिनिधिसहितको कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

नवगठित कार्यदललाई १५ दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न समय दिएको छ । बैठकले औद्योगिक प्रतिष्ठानमा कार्यरत श्रमीकहरुलाई लकडाउन अवधिको पारिश्रमीक दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ । यस्तै लकडाउनका कारण बन्द भएका उद्योगहरु सञ्चालनका लागि सम्पूर्ण उद्योगहरुलाई ३ चरणमा वर्गीकरण गरि उद्योग सञ्चालन गर्न उच्च स्तरीय समितिमा प्रस्ताव लैजाने निर्णयसमेत गरेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्