उदयपुरमा संकलन गरिएका स्वाब काठमाडौं र विराटनगरमा परीक्षण हुने

<span class='c1'>उदयपुरमा संकलन गरिएका स्वाब काठमाडौं</span> <span class='c2'>र विराटनगरमा परीक्षण हुने</span>

भक्तिविलास पोखरेल / भोटराज राई
गाईघाट, वैशाख ८ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिदमा बस्दै आएका १३ जनामा कोरोना पुष्टि भएपछि नेपाली सेनाको चिकित्सक टोलीले संक्रमितहरुसँगको सम्पर्कमा रहेका ५१ जना स्थानीयको कोरोना परिक्षणका लागि स्वाबको नमूना सङकलन गरेको छ ।

कोरोना भाइरस सङ्क्रमण भएको छ कि भन्ने डरले गाउँलेहरु भयभित भइरहेको अवस्थामा नेपाली सेनाको छाउनीस्थित अस्पताल काठमाडौंबाट मेजर डा. प्राची रायमाझीको नेतृत्वमा आएको चिकित्सकहरुको टोलीले दुईदिन लगाएर उक्त स्वाब सङ्कलन गरेको हो ।

पिसिआर प्रविधिको किट्सबाट परीक्षण गर्न भुल्केस्थित मस्जिद आसपासका मुस्लिम समुदायका बालबालिका, महिला र पुरुष गरी एकसय ६१ जना, नेपाली सेनाको सर्पदङ्श सेवामा रहेका र परिवार सहित आसपासमा बसोवास गर्दै आएका केही सैनिक तथा अन्य स्थानीय जनप्रतिनिधिसमेतको ९० गरी कुल दुईसय ५१ जना स्थानीयको नमूना सङ्कलन गरिएको नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डा भुल्केका बाहिनीपति सहायक रथी कृष्णप्रसाद सापकोटाले बताउनुभयो ।

सङ्कलित स्वाव परीक्षणका लागि सोमबारै सैनिक हेलिकप्टरबाट राजधानी काठमाडौं पठाइएको उहाँले बताउनुभयो । पहिलो चरणमा प्रदेश सरकारले लिएको ६९ जनाको स्वाप नमूना परीक्षणका लागि कोशी हस्पिटल विराटनगर लगिएको छ ।

त्यहाँका ५३ घरधुरी मुस्लिम समुदायका मानिसलाई संक्रमणको आशंकामा पहिलो प्राथमिकताका साथ स्वाप नमूना संकलन भएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।

स्थानीय प्रशासनले मस्जिद र मुस्लिम बस्तीलाई सिलबन्दी गरेर राखेको छ । साथै संक्रमितहरु कहाँ कहाँ पुगे, को को सँग सम्पर्कमा रहे भन्ने कुराको खोजी भईरहेको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्