उदयपुरमा थप आठ जनामा कोरोना संक्रमण पाइयाे, पुन: परीक्षण गर्न पठाइयो धरान

<span class='c1'>उदयपुरमा थप आठ जनामा कोरोना संक्रमण</span> <span class='c2'>पाइयाे, पुन: परीक्षण गर्न पठाइयो धरान</span>

सराेज ढुङ्गेल
काठमाडौं, बैशाख ९ गते । उदयपुर भुल्के मस्जिदमा रहेका १२ भारतीय सहित एक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएसँग त्यस क्षेत्र मा बसोबास गर्ने थप आठ परिवारका घरमुलीको स्वाब परीक्षणमा कोराना पोजेटिभ पाइएको छ ।
आठ जनामा पहिलो पीसीआर परीक्षणमा पोजेटिभ देखिएकाले पुन पुष्टिका लागि स्वाब थप परीक्षण भइरहेको मोरङ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख तथा प्रदेश १ कोभिड सूचना केन्द्रका प्रमुख ज्ञानबहादुर बस्नेतले बताउनुभयो ।

थप पुष्टिका लागि स्वाबलाई धरानस्थित बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको उहाँले बताउनुभयो ।
थप आशंकित त्यहाँका आठ घरका मुली भएको र उनीहरुका परिवारका अन्य सदस्यको स्वाब पनि नेपाली सेनाले हिजो संकलन गरी सकेको छ तर त्यसको नतिजा आउन बाँकी छ ।

पहिलो चरणको परीक्षणमा कोरोना पुष्टि भए पछि आठै जनालाई उपचारका लागि एम्बुलेन्सबाट धरान लगिएको उदयपुर जिल्ला जनस्वास्थ्य प्रमुख मोहनप्रसाद सुवेदीले बताउनुभयो ।

-गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्