सुनसरीमा अत्यावश्यक पसल खोल्न दिइने,विहान ७ बजे देखि १० बजेसम्म पसल खुल्ने

<span class='c1'>सुनसरीमा अत्यावश्यक पसल खोल्न दिइने,विहान ७</span> <span class='c2'>बजे देखि १० बजेसम्म पसल खुल्ने</span>

अमर काफ्ले,

इनरुवा, ०९ बैशाख । सुनसरीमा बुधबारबाट अत्यावश्यक पसल खोल्न दिइने भएको छ । जारी लकडाउनलाई कडाई गर्दै आएको प्रशासनले भोलिबाट भने अत्यावश्यक सामग्रीको खरिदमा कम असुविधा पर्ने गरी छुट दिन लागेको हो ।

सुनसरी प्रशासनले दैनिक उपभोग्य सामान खरीदमा देखिएको असहजता हटाउँदै साँझ हुने भीडलाई व्यवस्थित गर्न समय निर्धारण गरी अत्यावश्यक सेवा प्रवाहको बन्दोबस्ती मिलाउन लागिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार विहान ७ बजे देखि १० बजेसम्म बजार पसल खुल्न सक्ने छ । जसकालागि स्थानीय निकाय र उद्योग वाणिज्य संघले समन्वयकारी भूमिका निर्वाह गर्ने छन् ।

प्रजिअ पौडेलका अनुसार उद्योग वाणिज्य संघले आवश्यकताका आधारमा सर्ट लिष्ट जारी गरी तोकिएका पसल मात्रै खोल्न पाइने छन् ।

कुन पसल खोल्ने भन्ने अन्तिम निर्णय भने सम्वन्धित क्षेत्रको उद्योग वाणिज्य संघमा निहित हुने छ । जसले आवश्यकताका आधारमा स्थानीय तहसँगको समन्वयमा निर्णय गर्न सक्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्